Skip to content
जर्मन लक्जरियस कार अउडी, नेपालको आधिकारिक बिक्रेता काइरोस इन्टरनेशनलले अउडीका विद्युतीय कार नेपाल भित्र्याएको हो।
कम्पनीले सुरूमा अउडीका क्यू फोर ३५ ई-ट्रोनका दुई भेरियन्ट सार्वजनिक गरेको छ।
कम्पनीले अउडी क्यू फोर ३५ ई-ट्रोनको मूल्य १ करोड ४५ लाख र क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख रुपैयाँ तोकिएको छ।

यी विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक छ।
कारमा रहेको मोटरको पिकपावर १ सय २५ किलोवट छ।
अउडीको यो कारले एक पटकको फुल चार्जमा ३४९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ।
कम्पनीका अध्यक्ष विनोद श्रेष्ठले गाडी टेस्लाको अहिले नक्सालमा रहेको शोरुमबाट बिक्री गरिने बताए। डेलिभरी गर्न ३ महिना लाग्ने कम्पनीको भनाइ छ।
विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्चस्तरीय सर्भिस उपलब्ध गराउन तयारी थालेको छ।
कम्पनीले अउडीका अन्य मोडलका विद्युतीय कार पनि ल्याउने बताएको छ।
Post Views: 362