धादिङ अटोमोबाइलको गियर बक्स तालिम सम्पन्न

IME MOTORS को प्राविधिक सहयोग एवं धादिङअटोमोबाइल एशोसियसनको आयोजनामा २०८० भाद्र ४ गते संस्थाका अध्यक्ष इन्द्रकुमार त्रिपाठीको सभापतित्वमा ९ गियर सम्बन्धि एकदिने तालिम सम्पन्न भयो।

उक्त कार्यक्रममा अध्यक्ष त्रिपाठीले देशभर भित्रिएका Euro-4 देखि Euro-6 सम्मका सवारी साधनहरुमा नयाँ-नयाँ प्रविधि जडित इन्जिन एवं गियरबक्सको मर्मत सम्भारका लागि उक्त तालिम कोषेढुङगा सावित भएको विचार व्यक्त गर्नु भयो।

सो कार्यक्रममा IME MOTORS का प्राविधिक परशुराम घिमिरेले सहजिकरण गर्नु भएको थियो।

एकदिन सन्चालन भएको उक्त कार्यक्रममा जिल्लाभरबाट ३५ जना मेकानिक्सहरु सहभागी भएका थिए।

सो कार्यक्रम हन्सराज हुलासचन्द एन्ड कम्पनिका धादिङका लागि आधिकारिक विक्रेता सत्यवती अटोमोबाइल्सले आर्थिक रुपमा प्रायोजन गरेको थियो।

कार्यक्रम सन्चालक एवं सत्यवती अटोमोबाइल्सका प्रोप्राइटर प्रकाश पोखरेलले आगामी दिनमा समेत यस्ता कार्यक्रममा सहयोग गर्न आफू सदैव तत्पर रहेको कुरा व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा धादिङ जिल्लाका पुराना मेकानिक्स एवं धादिङ अटोमोबाइल एशोसियसनका महासचिव लालबहादुर श्रेष्ठले यस्तो किसिमको तालिमले पुराना मेकानिक्सहरुलाइ नयाँ नयाँ प्रविधि संग साक्षात्कार गर्न पाउँदा आफुहरुलाइ थप उर्जा मिलेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *