हाम्रो मर्का कस्ले बुझ्ने…

हिजोआज राजधानी लगायतका शहरहरुमा ट्राफिक नियम निकै कडाईका साथ लागु भएको पाइन्छ ।

त्यसमा पनि गतिसिमित ५० मात्र तोकिएको छ ।

अहिले रिङ्गरोडका विभिन्न स्थानहरुमा बिहानैदेखि र हरेक (शनिबार समेत) दिन राडरगनले Speed Limit को चेकजाँच निकै कडाईका साथ भैरहको छ ।

नेपालमा ठूला सिसीका सुपर बाइकहरू चढ्ने राईडरहरूको विभिन्न समूहहरू छन् ।

यस्ता बाइकहरू २५० सिसी देखि १००० सिसीसम्मका छन् भने यिनीहरूको मुल्य ५० लाखसम्म पर्ने हुन्छन् ।

यस्ता बाइकहरू थोरै स्पिडमा कुदाउँदा धेरै सिसी भएका कारण इन्जिन निकै तात्ने गर्दछ, जसको साधारण स्पिड नै ५० किमी भन्दा माथि न हुन्छ ।

यसरी चलाउँदा बाइकहरु चाडै बिग्रने र तेल खपत पनि धेरै हुने हुँदा राईडरहरुले समस्या भोगिरहेका छन् ।

राज्यले यस्तो ठूला सिसीका एउटैं बाइकहरूबाट नै करीब ५–१० लाख राजस्व लिने गर्दछन् भने प्रतिवर्ष लिने कर पनि निकै महँगो छ, तर यस्ता खाले सुपर बाइकहरुको स्पिड पनि अरु सरह ५० किमी मात्र तोकिदा भने न्याय गरेजस्तो लाग्दैन ।

यसप्रति सम्बन्धित निकायको ध्यान जाओस र क्षमता अनुसारको स्पिड दर तोकियोस् ।

स्मरण रहोस्, नेपालमा पनि यस्ता बिग बाइकहरुको समुहले विभिन्न Rally, (Ride) राइडहरू गरी सामाजिक कार्यहरूमा सहभागी भैरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *