काभ्रे अटो मेकानिक्स ब्यवसायी संघको दोस्रो अधिवेशन वागमती प्रदेशको माननीय कन्चन वादे श्रेष्ठको प्रमुख आतिथ्यता, उधोग वणिज्य महासंघको केन्द्रिय सदस्य सुरकृष्ण वैद्यको बिशिस्ट आतिथ्यतामा भएको थियो ।
उक्त कार्यक्रमको विशेष अतिथि, नेपाल अटो मेकानिक्स ब्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले काभ्रे जिल्लामा अटो ल्याण्ड निर्माण गर्नको लागि प्रमुख अतिथीलाइ आग्रह गरि अटो मेकानिक्स पेशा र व्यवसायमा परेको समस्याको विषयमा पनि जानकारी गराइ यी समस्या समाधान गर्न नेतृत्व गरिदिन अनुरोध गर्नु भएको थियो ।
दोस्रो अधिवेशनको अतिथी अटो नेपाल, पत्रिकाको प्रकाशक रोशनकुमार श्रेष्ठ, बनेपा नगरपालिकाका वडा अध्यक्ष नृपेश वादे, ट्राफिक प्रहरी प्रमुख राजेश दाहाल लगायतका व्यक्तिहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा दुई जना अग्रज अटो मेकानिक्स देवेन्द्र सिंह र बद्री नेपाललाई सम्मान गरिएको थियो ।
काभ्रे अटो मेकानिक्स व्यावसायी संघ को दोस्रो अधिवेशन भव्य र सभ्यताको साथ सुसम्पन्न होस भन्ने शुभकामना दिदै नव निर्वाचित अध्यक्ष पदाधिकारी तथा सदस्यहरुलाई कार्यकाल पुर्ण सफलताको शुभकामना दिइयो ।
उक्त कार्यक्रमको काभ्रे अटो मेकानिक्स ब्यवसायी संघका अध्यक्ष दिननाथ (अर्जुन ) तिमिल्सिनाको सभापतित्वमा सुसम्पन्न भएको थियो ।