अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्स आधिकारिक वितरक अग्नि मोटोइंकले जावा तथा येज्दी मोटरसाइकलहरुमा “मनसुन राईड अफर” ल्याएको छ ।
यो योजना अन्तर्गत जावा तथा येज्दी मोटरसाइकल किन्दा ग्राहक महानुभावहरुले कम ब्याजदरमा सजिलो फाईनान्स अथवा एसेसरिज सहित राईडिंग गियर पाउनुहुनेछ ।
यो योजना अनुसार ग्राहकले मोटरसाइकल खरिद गर्दा ५०% डाउन पेमेन्टमा २ वर्षको अवधिमा जम्मा ५.५% ब्याजदर मात्र लाग्नेछ ।
यदी ग्राहकले नगदमा नै खरिद गर्ने हो भने एसेसरिज सहित सम्पूर्ण राईडिंग गियर पाउनु हुनेछ अथवा उक्त एसेसरिज र राईडिंग गियर बराबरको रकम नगद छुट पाउन सक्नुहुनेछ ।
ग्राहकले हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट र १ वर्षको रोड ट्याक्स पनि पाउनु हुनेछ ।
कम्पनीको अनुसार हाल जावा ब्राण्ड अन्तर्गत फोर्टी-टु, जावा र पेराक मोडेलको मोटरसाइकलहरु उपलब्ध छ भने येज्दी ब्राण्ड अन्तर्गत रोडस्टर, स्क्राम्बलर र एड्वेंचर मोडेलहरु उपलब्ध छन् ।
जावा ब्राण्ड सन् २०२० मा लंच भएको हो भने येज्दी ब्राण्ड हाल सालै नेपालमा लंच भएको हो ।
यी सबै मोटरसाइकलहरु ३०० देखि ३३४ cc सम्मका छन् भने आफ्नो सेग्मेंट सबै भन्दा बढी पावर र टर्क प्रदान गर्दछ ।
यो मनसुन राईड अफर जावा येज्दीका सबै सोरुमहरुमा उपलब्ध हुने तथा सिमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।