पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।

त्यस्तै डिजल र मट्टितेलमा ७ रुपैयाँले वृद्धि भएको छ भने हवाई इन्धनको मूल्य यथावत राखिएको छ।

त्यस्तै एलपी ग्यासको मूल्य १३० रुपैयाँले घटेको छ।

यससँगै ग्यास सिलिन्डरको मूल्य १६६० कायम भएको छ भने पेट्रोलको १७३ र डिजेल र मट्टितेलको १५३ रुपैयाँ पुगेको छ।

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य आएपछि आयल निगमले नेपालमा पनि मूल्य समायोजन गरेको छ।

निगमले यसअघि नै पेट्रोलियम पदार्थमा स्वचालित प्रणाली लागू गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *