बुटवलमा दोस्रो पटक एनओजी राइड

जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड कार्यक्रम गरेको छ।

राइड टिभिएसको बुटवल शोरूम (बालाजी अटोमोबाइल्स) बाट सुरु भएर बन बाटिका, बुटवल पुगेर समापन भएको थियो।

जगदम्बा टिभिएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक हो।

उक्त राइडमा सहभागीहरू बिच विभिन्न गेमहरू पनि खेलाउनुको साथै अनुशासित राइडरलाई मेडल दिइएको थियो।

करिब ४० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

उक्त राइडमा प्राविधिक टिमले सडक सुरक्षाको बारेमा जानकारी गराएका थिए। कार्यक्रम राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी समेत दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *