सुदूरपश्चिममा पुस्कर ओझाको अध्यक्षतामा, नयाँ कार्यसमिति चयन

सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसन (साडा)को अध्यक्षमा पुनः पुस्कर ओझा निर्वाचित भएका छन् ।

सम्पन्न साधारणसभाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा शान नवाज अलम, पर्शु चापाईं, गौरभ अग्रवाल, महासचिवमा श्याम राज जोशी, सचिवमा प्रदिप जोशी, कोषाध्यक्षमा अभियान खड्का निर्वाचित भएका छन् ।

सदस्यमा मास्कुर अहमद, शिवराज ओझा, प्रेम साउद, समुन्द्र भण्डारी, महेन्द्र सिंह, भुवन भट्ट निर्वाचित भए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापाले पछिल्लो समय नेपालको अटोमोबाइल क्षेत्रमा मारमा परेको बताए ।

देशको आर्थिक क्षेत्रमा आएको मन्दीको असर अटोमोबाइल व्यवसायमा प्रत्यक्ष देखिएको उनले बताए ।

धरासायी अर्थतन्त्रलाई सहज बनाउन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवर लगायतले बोलेका थिए ।

उक्त अवसरमा ३ जना ट्राफिक प्रहरीलाई जनही १० हजार नगदसहित सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *