टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन

 टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी कम्पनिजले टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ ।

हाल विद्यमान प्रतिकुल परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएको बताइएको छ ।

अब ग्राहकले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो ।

अब टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कशपहरुमा अनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिंङको फाइदा उठाउन सक्नेछन् ।

यस मूल्य समायोजन पश्चात ग्राहकको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

समायोजित मूल्य साउन महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क – सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस्को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको कम्पनीले जनाएको छ ।

सिप्रदी टेड्रिङ मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न छ ।

४१ वर्षदेखि यो व्यवसायमा संलग्न सिप्रदीको वार्षिक आय ३५० मिलियन अमेरिकी डलर भन्दा बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *