Skip to content
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा पुराना मोटरसाइकल हस्तान्तरण गरेको छ ।
ती पुराना बाइकलाई केन्द्रले विद्युतीय बाइकमा रुपान्तरण गर्नेछ ।

यसका लागि प्रहरीले केन्द्रलाई १० देखि १३ वर्षसम्म पुरानो राम्रो अवस्थामा रहेका १० वटा मोटरसाइकल उपलब्ध गराएको पुनले बताए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सन्तोष आचार्यले ती बाइकहरू केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।
यो सहयोगको लागि धन्यवाद व्यक्त गर्दै उपलब्ध मोटरसाइकललाई विद्युतीय मोटरसाइकलमा रुपान्तरण गर्नका लागि परीक्षण गरिने उनले बताएका छन् ।
यी मध्ये २ बाइक तत्काल केन्द्रको लागि प्रयोग गरिने र बाँकी मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरिने पुनको भनाइ छ ।