चिनियाँ सहयोगको ८ वटा BYD Atto- 3 विद्युतीय गाडी संघीय संसद सचिवालय आइपुगेका छन्।
नेपाल चीनको रसुवा–केरुङ नाका हुँदै विद्युतीय गाडी बुधबार काठमाडौं आइपुगेका हुन्।
२ वटा मंगलबार र ६ वटा बुधबार आइपुगेका संसद सचिवालय प्रवक्ता एकराम गिरीले जानकारी दिए।
तत्कालीन अग्नीप्रसाद सापकोटा सभामुख हुँदा चिनियाँ संसदको दोस्रो वरियताका नेता नेपाल भ्रमणमा आउँदा संसदलाई सहयोग गर्न चाहना राखेका थिए।
चिनियाँ नेताको चाहना अनुसार सहयोग प्राप्त गर्न सभामुखले गाडीको आवश्यकता रहेको जानकारी गराए, सापकोटा समामुख हुँदै गाडी सहयोगको सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।
सोही सहयोगलाई गाडीमा रुपान्तरण गरिएको प्रवक्ता गिरीले जानकारी दिए।
समकक्षीले गरेको प्रतिबद्धता अनुसार रसुवाबाट ८ आइपुगेको हो। गाडीको भन्सार जाँचपास सोमबार भएको हो।
जाँचपास भएका ३ वटा एट्टो ३ मोडलको गाडीको मूल्य १ करोड ६८ लाख ८२ हजार छ भने ५ वटा ई ६ मोडलको गाडीको मूल्य २ करोड १ लाख ८२ हजार छ।
यी गाडी कुन प्रयोजनका लागि प्रयोेग हुनेछन् भने खुलेको छैन। संसद प्रवक्ता गिरीका अनुसार विद्युतीय गाडी सचिवालयले प्रयोग गर्नेछ यस विषयमा निर्णय हुन बाँकी छ।