चिनियाँ इलेक्ट्रिक नयाँ स्कुटर ब्रान्ड ‘स्लेन’को नेपालका लागि आधिकारिक बिक्रेता जामुनी अटो सेन्टरले ‘स्लेन एन९०’ माेडेलकाे स्कुटर भित्र्याएकाे हो ।
स्लेन ब्रान्डको सो मोडेल ३ महिनादेखि औपचारिक रूपमा बिक्री गर्न थालिएको कम्पनीले जनाएको छ ।
‘स्लेन एन९०’ मा ७२ भोल्ट ५२ एम्पियरको लिथियम आयन ब्याट्री रहेको छ ।
जामुनी अटो मोटर्सका सेल्स मेनेजर विपिन महर्जनले केहीगरी ब्याट्री परिवर्तन गर्नुपर्यो भने कम्पनीले सोही क्षमताको ब्याट्री ८५ हजार रुपैयाँमा ब्याट्री परिवर्तन गरिदिने बताए ।
“इलेक्ट्रिक स्कुटरले उकालो तान्दैन भन्ने भ्रम छ,” उनले भने, “तर, एन९० मा १५० एनएम टर्क भएकाले १५० किलो तौलसम्ममा काठमाडौंको जस्तोसुकै उकालोमा सजिलै जान सकिन्छ ।
त्यस्तै ग्राहकले भनेकै ठाउँमा स्कुटरको टेस्ट राइड गरी प्रमाणित गरेर मात्र बिक्री गर्ने उनको भनाइ छ । यदि उकालो नतानेमा हामी पैसा फिर्ता दिन्छौं ।”
३००० वाट रेरेट पावर, ३५०० वाट पिक पावर भएको यस स्कुटरले पहाडी भेगमा १३० देखि १५० किलोमिटर रेञ्ज दिने र तराई क्षेत्रमा १६० देखि १९० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ ।
त्यस्तै एक पटकको फूल चार्जमा जुनसुकै मोडमा १२० किलोमिटर रेञ्ज दिने महर्जनले बताए ।
यसलाई कम्पनीले उपलब्ध गराएको चार्जरबाट फूल चार्ज गर्न पाँचदेखि छ घण्टाको समय लाग्ने बताइएको छ ।
यस स्कुटरको दुवै टायरमा उपलब्ध गराइएको एफ एन्ड आर एबीएस डिस ब्रेकले प्रयोगकर्तालाई जस्तोसुकै कठिन अवस्थामा पनि सुरक्षित रूपमा रोक्न सकिने छ ।
कम्पनीले ब्याट्रीमा तीन वर्ष वा ३० हजार किलोमिटर तथा मोटरमा दुई वर्षको वारेन्टी दिने बताएको छ ।
स्पोर्टी डिजाइन भएको ‘स्लेन एन९०’ को मूल्य तीन लाख ५० हजार रुपैयाँ रहेको छ ।
कम्पनीका अनुसार हाल यो स्कुटर विभिन्न पाँच कलर जस्तै ब्लोसी ब्ल्याक, अरोरा रेड, सिल्क सिल्भर, इन्टेस्ट्रेलर ग्रे र ग्लोसी ह्वाइटमा उपलब्ध छ ।