पेट्रोलको नोक्सानी दर ०.८४ प्रतिशत

नेपाल आयल निगम लिमिटेडको वार्षिक समीक्षा गोष्ठीमा सिनामंगलस्थित हवाई इन्धन डिपो, पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय, नेपालगन्जस्थित इन्धन डिपो र धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुखको आलोचना भएको छ ।

नेपालगन्ज र धनगढी डिपोले पनि समन्वय नगरी डिपो सञ्चालन गरेको, डिपोको सुरक्षामा ध्यान दिन नसकेको, नेपालगन्ज डिपोले पूर्वाधार निर्माणमा प्रगति गर्न नसकेको तथा धनगढी डिपोले चुहावट दर नियन्त्रण गर्न नसकेको भनी आलोचना भएको थियो ।

नेपालगन्जमा दुर्गा पछाई र धनगढीमा मोहनकुमार शाह डिपो प्रमुखका रूपमा कार्यरत छन् ।

मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जमा पाइपलाइनबाट तेल ल्याउने पूर्वाधार बनिरहेको छ । पूर्वाधार निर्माणलाई गति दिन र आगलागीजन्य जोखिम हुन सक्नेतर्फ सचेत रहन निर्देशन दिइएको थियो ।

सो डिपो प्रमुखका रूपमा गत फागुनमा निर्देशक विनीतमणि उपाध्यायको सरुवा भएको थियो । त्यस्तै, कोसी प्रादेशिक कार्यालय, विराटनगरमा निर्देशक पूर्ण रिजाल वैशाख अन्तिममा सरुवा भई गएका छन् ।

डिपो प्रमुखका रूपमा पहिलोपटक उनले जिम्मेवारी सम्हालेकाले संवेदनशील भएर काम गर्न निर्देशन दिइएको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *