पोखरामा सीजी मोटर्स (नेटा) को शोरुम शुभारम्भ भएको छ ।
नेपालका लागि चीनका राजदुत चेन सङ लगायत अन्य व्यक्तित्वहरुले एक समारोहका बीच उक्त शोरुमको उद्घाटन गरे ।
उद्घाटनको अवसरमा नेपालका लागि राजदुत चेन सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना व्यक्त गरे ।
उक्त उद्घाटन समारोहमा सीजी मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
सीजी मोटर्सले नेटा भीका साथै ईभी माइक्रोबस केवाईसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन् ।
साथै गण्डकी प्रदेशमा ईभी ट्याक्सी र विद्युतीय माइक्रोबसका लागि सीजी मोटर्स प्रालिले अधिकारिक बिक्रेताका रुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ ।