आजदेखि टाटा एक्सचेन्ज विक शुरु

यहि हप्ता असार महिनाको ८, ९, १०, ११ र १२ गते काठमाडौँ लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा “एक्सचेन्ज विक-एण्ड” विशेष एक्सचेन्ज क्याम्प संचालन हुँदैछ।

शुक्रबार देखि शुरु हुने गरि विशेष एक्सचेन्ज क्याम्प संचालन भईरहेको हुँदा सबै ग्राहकवर्गहरुमा शोरुम पाल्नु भई आफ्ना गाडीसंग टाटा मोटर्सका सर्वाधिक लोकप्रिय विद्युतीय गाडीहरु साटेर फाइदा उठाउन हुन आमन्त्रण गरिएको छ।

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनि अथवा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाईएका नयाँ मोडेल का नेक्सन ईभी र टिगोर ईभीसंग साट्न सकिने व्यवस्था गरिएको छ ।

उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले शोरुममा ईन्स्योरेन्स सुविधा, बैंकिंग सुविधा का साथै गाडी मुल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरुको पनि सहभागिता हुनेछन।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसंग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ ।

चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर हरु पनि पाईनेछ ।

थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बर मा निशुल्क रुपमा सम्पर्क गर्न सकिनेछ।

कल गर्न ९८०१५७५७७७ अथवा १६६००१५५७७७ मा सम्पर्क गर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *