Skip to content
३ असारको अविरल वर्षापछि आएको बाढीले क्षति पुर्याएका भौतिक संरचनाको पुनर्निर्माण सुरु भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुनर्निर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।
३ असारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवाखोलाको पुल बगाएको थियो।
पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुनर्निर्माण थालिएको छ।
मन्त्री प्रकाश ज्वालाले हेवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुखलगायत मातहतका निकायलाई निर्देशन दिएका थिए।
सोमबार प्रधानमन्त्री सहित मन्त्री ज्वाला बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका थिए।
प्रभावित क्षेत्रमै पुगेर मन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुनर्निर्माण थाल्न निर्देशन दिएका थिए।
मन्त्रीको निर्देशनपछि सोमबारदेखि काम सुरु भएको आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए।
‘बेलिब्रिज निर्माणका सामग्रीहरू निर्माणस्थलमा पुगिसकेका छन्,’ पोखरेलले भने, ‘केही दिनभित्रमा बेलिब्रिजको काम सकेर यातायात सुचारु गराउँछौँ।’
Post Views: 204