टेस्लाको महत्वाकांक्षी योजना 

हाल टेस्लासँग विभिन्न स्थानमा गरेर वार्षिक २० लाख कार उत्पादन गर्ने क्षमता भएका प्लान्ट सञ्चालनमा रहेका छन्।

हाल टेस्लाका प्लान्ट क्यालिफोर्निया, सांघाई, अस्टिन र बर्लिनमा रहेका छन्।

मेक्सिकोमा खुल्ने प्लान्ट टेस्लाको अमेरिका बाहिर रहेको तेस्रो प्लान्ट हुनेछ।

टेस्लाले वार्षिक २ करोड कार उत्पादन गर्ने महत्वाकांक्षी योजना लिएको छ।

सोही अनुसार टेसलाले उत्पादन प्लान्ट विस्तारलाई उच्च प्राथमिकता दिएको छ।

टेस्लाले २०२२ मा १३ लाख कार उपभोक्तालाई हस्तारन्तरण गरेको थियो।

विश्वको सबैभन्दा धेरै कार बिक्री गर्ने टोयोटाले २०२२ मका विश्वभर १ करोड कार बिक्री गरेको थियो।

टेस्लाले पछिल्लो पटक मेक्सिकोमा स्थापना गर्ने भनेको प्लान्टमा करिब १ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ।

टेस्लाले वार्षिक २ करोड वटा कार उत्पादन गर्न ठूलो लगानीसमेत गर्नुपर्नेछ।

वार्षिक २ करोड कार उत्पादन गर्न टेस्लाले कुल १ सय ५० अर्बदेखि १ सय ७५ अर्ब अमेरिकी डलर लगानी गर्नुपर्ने अनुमान गरिएको छ।

हालसम्म टेस्लाले कार उत्पादनका लागि २८ अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ।

टेस्लाका कार विश्वको धेरै देशमा पुगिसकेको छ।

प्रविधि र विलासीता तथा विद्युतीय कार भएकाले धेरैको रोजाइमा टेस्ला ब्रान्ड पर्ने गरेको छ। तर उपलब्धता र महँगो मूल्यका कारण धेरैले खरिद गर्न सकिरहेका छैनन्।

टेस्ला भारतमा पनि प्लान्ट लिएर आउन करिब तयार भएको छ।

सुरुमा कार बिक्री गर्ने र बजारको विश्लेषण गरेर उत्पादन प्लान्टबारे निर्णय गर्ने योजनामा रहेको टेस्लालाई भारत सरकारले सहज रुपमा लिएन।

भारतले सुरुमै प्लान्ट लिएर आउनु पर्ने अडान नछाडेपछि टेस्ला प्लान्ट लिएरै भारत आउने मनस्थितिमा पुगेको हो।

टेस्लाका विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ।

विद्युतीय कारमा सरकारले कर सहुलियत दिएकाले टेस्लाका विद्युतीय कार नेपाली बजारमा उपलब्ध हुन सकेका छन्।

हालसम्म नेपाली बजारमा करिब ३ दर्जन विद्युतीय कार बिक्री भइसकेको छ।

टेस्लाको मोडल थ्री र मोडल वाई नेपाली बजारमा बिक्रीका लागि उपलब्ध रहेको छ।

आगामी आर्थिक वर्षको बजेटबाट सरकारले महँगा विद्युतीय कारमा केही कर घटाएसँगै टेस्लाका कारको समेत मूल्य घटिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *