Skip to content
नेपाल आयल निगमले १५ दिन (३ देखि १८ जेठसम्म)मा एक अर्ब ७६ करोड २६ लाख नाफा कमाउने प्रक्षेपण गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा घटे अनुसारको मूल्य समायोजन गरिएको छैन। निगमले विगतको नोक्सानी देखाउँदै इन्धनको मूल्य नघटाएर उपभोक्तालाई मारमा पारिरहेको छ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले २ जेठमा पठाएको नयाँ मूल्यदरमा पेट्रोल ९.५१ रुपैयाँ र डिजेल ८.०८ रुपैयाँ घटेर आएको थियो।
त्यस अघि देखि निरन्तर मूल्य घट्दा पनि समायोजन नगरी निगमले नाफा राख्दै आएको थियो।
जसकारण २ जेठमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाए पनि निगमलाई चर्को नाफा देखिएको हो।
१६ वैशाखमा पेट्रोल ४.३३ रुपैयाँ र डिजेल ४.११ रुपैयाँ घटेर आउँदा निगमले मूल्य नै समायोजन नगरी नाफा आर्जन गरेको थियो।
कुल खपतको ५९ प्रतिशत हिस्सा ओगट्ने डिजेलबाट आगामी १५ दिनमा निगमले एक अर्ब १४ करोड ५१ लाख नाफा हुने अनुमान गरेको छ।
Post Views: 207