आज भएको आईओई, एनआरएससी र नासाबीचको छलफलमा सजल जोशीले एक महत्त्वपूर्ण कुरामा सबैको ध्यानाकर्षण गर्नुभयो।
सजल जोशी हेल्मेट नेपालका को-फाउन्डर हुन्। उहाँको अनुसार आजकल नेपालमा धेरै नै मोटरसाईकल दुर्घटना भईरहेको छ।
मोटरसाईकल दुर्घटना हुँदा चालक र पिलियन राईडरको सेफ्टी हेल्मेटमा भरपर्छ।
यदि हेल्मेट राम्रो, मजबुद र सर्टीफाइड छ भने दुर्घटना हुँदा चालक र पिलियन राईडरले धेरै क्षति भोग्नु पर्दैन।
तर, नेपालमा कति ठाउँको सडक निकै खत्तम छन् र त्यसमाथि हेल्मेट पनि सर्टीफाइड छैनन्। दुर्घटनामा कुनै पनि बेला हेल्मेट फुत्न सक्छ।
चालक र पिलियन राईडरको सेफ्टीलाई प्राथमिकता दिँदै हेल्मेट नेपालले नयाँ डिजाइनको एनएस सर्टीफाइड हेल्मेट ल्याएको छ।
यो हेल्मेटले पिलियन राईडरहरुलाई पोर्टेबिलिटीको सुविधा प्रदान गर्नेछ।
यससँगै, उक्त छलफलमा एनआरएससीले आईओइलाई फन्ड प्रदान गर्ने र नासासँगको सहकार्यलाई निरन्तरता दिने कुरा नेपाली राजनीतिज्ञ योगेश भट्टराईले जनाउनुभयो।
Post Views: 442