६ चर्चित कार विद्युतीय भर्सनमा आउँदै छन्

विद्युतीय कारप्रति उपभोक्ताको खरिद मुड बढ्दै भएकाले सवारी उत्पादन कम्पनीहरुले विद्युतीय कार उत्पादनलाई प्राथमिता दिँदै गएका छन्।

विद्युतीय कारको नयाँ प्लेटफर्म तयार गर्न समय लाग्ने भएकाले परम्परायत कार उत्पादकहरुले आईसी इन्जिनमा राम्रो बजार लिएका कार मोडललाई नै धमाधम विद्युतीय बनाएर ल्याउने घोषणा गरिरहेका छन्।

टाटा मोटर्सले आईसी इन्जिनमा लोकप्रिय बनेको नेक्सनलाई विद्युतीयमा परिणत गरेर त्यसले आफ्नो उपस्थि बलियो बनाइसकेको छ।

नेक्सन ईभीपछि टाटा मोटर्सले भारतमा टिगोर र टियागो कारलाई विद्युतीय बनाएर बिक्री गरिरहेको छ। टाटाको नेक्सन ईभी, नेक्सन ईभी म्याक्स तथा टिगोर ईभी नेपाली बजारमा समेत बिक्री भइरहेका छन्।

टाटा मोटर्सले मात्र होइन अन्य सवारी उत्वादकहरु हुन्डाई, किया, महिन्द्रालगायतले पनि भारतमा चलेका कार मोडललाई विद्युतीय भर्सनमा उत्पादन गरेर ल्याउने तयारी गरिरहेका छन्।

कम्पनीहरुले आईसी इन्जिनमा बिक्री भइरहेका चल्तीका कारलाई विद्युतीयमा बनाएर ल्याउन लागेका ६ मोडलबारे यहाँ उल्लेख गरिएको छ।

यी विद्युतीय कारहरु सक्दो छिटो भारतीय बाजरमा सार्वजनिक हुने अनुमान गरिएको छ। भारतमा सार्वजनिक गएपछि यी सबै कार नेपाली बजारमा समेत आउनेछन्।

यी हुन् त्यी ६ चर्चित कार जुन विद्युतीय भर्सनमा आउँदै छन्।

टाटा पन्च ईभी

हुन्डाई क्रेटा ईभी

महिन्द्रा एक्सयूभी ७००

किया कारन्स ईभी

टाटा सफारी र ह्यारियर ईभी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *