मेज प्लान्टरको प्रयोगले ४६५ लागत घट्ने

पर्सा — जितपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान सहदेव चौधरीले ५ वर्षयता नियमित रूपमा प्रिसिजन मेज प्लान्टरबाट मकै खेती गरिरहेका छन् ।

परम्परागत खेतीभन्दा मेसिनको मद्दतले खेती गर्दा लागत करिब ४६ प्रतिशत घटेको उनको अनुभव छ । ‘कृषि मजदुरको अभावका बेला उपकरण वरदानजस्तै भयो,’ उनले भने, ‘मकै खेतीको लागत झन्डै आधाले घट्यो, उत्पादन भने १० देखि १२ प्रतिशतले बढ्यो ।’

स्थानीय किसान परमानन्द चौधरीले पनि ५ वर्षदेखि नै यही उपकरणको मद्दतले मकै खेती गर्दै आएका छन् । उनको अनुभव पनि सहदेवको भन्दा फरक छैन ।

उनले पनि पाँच बिघा खेतमा मकै बाली लगाएका छन् । यहाँका किसानले करिब २० हेक्टर जग्गामा चारपांग्रे ट्र्याक्टरबाट चल्ने तीन लाइन मकै लगाउने मेसिन (प्रिसिजन मेज प्लान्टर) बाट मकै खेती गरेका छन् ।

उनीहरूलाई मेसिनबाट खेती गर्न कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले सघाएको छ । केन्द्रकै उपकरण लगेर किसानले मकै बाली लगाइरहेका छन् ।

मेसिनमा बीउसँग मल पनि एकै पटक प्रयोग गर्ने सुविधा रहेकाले समय र श्रमको बचत गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *