ट्राफिक व्यवस्थापनको रणनीतिक बनाउँदै

प्राविधिक टोलीले गरेको अध्ययनलाई आधार मानेर काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि रणनीतिक योजना बनाउँदै छ । ‘हामीकहाँ ट्राफिकको अत्यधिक समस्या छ ।

यसबारेमा थप अध्ययन गरी रणनीतिक योजना बनाउन अर्थविद् चन्द नेतृत्वको प्राविधिक टोलीले गरेको अध्ययनको तथ्यांक लिएका छौँ ।

विज्ञ टोलीले गरेको अध्ययन विश्वसनीय होला भनेर हामीले आधार मानेका छौँ, यसमा मेयरसापले पनि विशेष चासो दिनुभएको छ,’ महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले भने, ‘त्यही तथ्यांकका आधारमा अब महानगरभित्र ट्राफिक जाम कम गर्ने उपायको खोजी गरिनेछ ।

यसबारे भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभागलगायतसँग पनि छलफलको तयारी भएको छ ।’

अमाजन डटकममार्फत बिक्रीमा राखिएको उक्त अध्ययन प्रतिवेदन महानगरले एक डलरमा खरिद गरेको उनले बताए ।

यसअघि सरकारले सहरी यातायात र ट्राफिक जाम कम गर्न ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९’ जारी गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

उपत्यकाका अधिकांश सडकमा पिकआवरमा अत्यधिक ट्राफिक जाम हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्न ट्राफिक लाइटसमेत जडान हुन सकेको छैन ।

हातको इसारामा ट्राफिक नियन्त्रण गर्दा जाम थप बढ्ने गरेको छ ।

ट्राफिक प्रहरीका पूर्वइन्स्पेक्टर सीताराम हाछेथू उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ठाउँ–ठाउँमा आकासे पुल निर्माण गर्नुपर्ने, आवश्यक मात्रामा जेब्राक्रसिङ कोर्नुपर्ने, घुम्ती र साँघुरा सडकलाई फराकिला पार्नुपर्ने बताउँछन् । सडक संरचना व्यवस्थित भए ट्राफिक जाम पनि कम हुने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *