टाटा नेक्सन इन्डिया बुक अफ रेकर्डमा दर्ता

इलेक्ट्रिक कारको माग तीव्र गतिमा बढेसँगै टाटाले इलेक्ट्रिक एसयूभी नेक्सन सबैभन्दा बढी बिक्री गरी नयाँ रेकर्ड बनाएको थियो ।

अब नेक्सनले काश्मीरदेखि कन्याकुमारीसम्मको यात्रा सबैभन्दा छोटो समयमा पूरा गरी कीर्तिमान बनाएको छ ।

नेक्सन ईभीको यो रेकर्डको बारेमा जानकारी दिँदै टाटा मोटर्सले यो यात्रा ४ दिनमा पुरा गरेको बताएको छ ।

सो यात्रामा नेक्सन ईभीले ९५ घण्टा ४६ मिनेटमा ४००३ किलोमिटरको दुरी तय गरेको थियो ।

टाटा नेक्सनको नाम इन्डिया बुक अफ रेकर्डमा दर्ता भएको छ ।

सो यात्रामा नेक्सन ईभी चार्ज गर्नका लागि २१ वटा स्टप लगाइएको थियो र यसको लागि फास्ट चार्जिङको प्रयोग गरिएको थियो ।

यो यात्रामा हरेक ७५ देखि १०० कि.मि. बीचमा फास्ट चार्जिङ स्टेशन स्थापना गरेको थियो ।

नेक्सन ईभीलाई यस अवधिमा विभिन्न कच्चा सडक र चरम मौसमी अवस्थामा पनि चलाइएको थियो र कारले नरोकि यात्रा पुरा गरेको थियो । कारले औसत ३ सय किलोमिटरको माइलेजमा यात्रा पुरा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *