पोखरामा पहिलो नेपाल रोड रेसिङ च्याम्पियनसिप

 गण्डकी प्रदेशमै पहिलो पटक आयोजना भएको नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२३ पोखरा रंगशालामा सम्पन्न भएको छ ।

नोभिस र नेश्नल गरि दुई क्याटेगोरीमा १ सय ५० सीसीको मोटरसाईकल रेसिङमा सम्पन भएको सो प्रतियोगितामा आशिक लामाले बाजी मारेका छन् ।

दोश्रो स्थान राजकुमार कार्कीले हात पारेका छन् भने युकेश थापा तेश्रो भएका छन् । त्यसैगरि नोभिस क्याटेगोरीमा निमेश ठकुरी पहिलो, दिलिप दनुवार दोश्रो हुदाँ मङ्गगेष जोशी तेश्रो भएका छन् ।

नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) मा आबद्ध क्लब मोटर स्पोर्टस नेपालद्वारा आयोजित नेपालकै लोकप्रिय बाइक रेसिङमा नोभिस तर्फ ४७ जना प्रतिस्पर्धी थिए भने नेश्नल तर्फ १८ राइडर्सले भाग लिएका थिए ।
यमाहा मोटरसाइकल मूख्य प्रायोजक रहेको रेसिङका विजयीहरुलाई गण्डकी प्रदेशका सांसद तथा पूर्व खेलकुद मन्त्री राजीव गुरुङ्ग, निवर्तमान राखेप बोर्ड सदस्य सम्पन्न श्रेष्ठ, र पोखरा महानगर खेलकुद विकास समितिका दिपक बहादुर गोदार पुरस्कारले वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पूर्व खेलकुद मन्त्री गुरुङ्गले यस किसिमको प्रतियोगिताको निम्ती आफ्नो साथ र समर्थन रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा नासा नेपालका सचिव सन्तोष न्यौपाने, प्रदेश खेलकुद सदस्य योगेन्द्र गुरुङ्ग तथा आकृती भण्डारी र पश्चिमाञ्चल खेलकुद विकास समितिका लक्ष्मण योगी लगायतको उपस्थिती रहेको थियो ।

विश्वकै लोकप्रिय मानिएको मोटरसाईकल रेसिङ सन् २००८ बाट नेपालमा प्रवेश भएको हो ।

विश्व मोटरसाईकल महासंघ फेडेरेसन इन्टरनेशनल डे मोटरसाईक्लीजमको नेपाल च्याप्टरको रुपमा नासा नेपाल र त्यसको मातहतका दर्जनौ क्लबहरु मोटरसाइकल रेसिङ, र्याली र टुरिङमा क्रियाशिल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *