प्युजो र सिट्रोनलाई एभरेष्ट बैंकले कर्जा दिने

प्युजो र सिट्रोन आधिकरिक विक्रेता सांग्रिला मोटाेर्स प्राइभेट लिमिटेडले बिक्री गर्दै आएको गाडीहरूमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ ।

बैंक र सांग्रिला मोटर्सबीच भएको सम्झौताअनुसार अब प्युजो र सिट्रोनका गाडीहरू खरिद गर्ने ग्राहकले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटर्सको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।

यो योजना सांग्रिला मोटर्स प्राइभेट लिमिटेडको आधिकारिक विक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरूबाट नेपाल भरी लागू  हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *