सिप्रदी ट्रेडिङ र कुमारी बैंकबीच सम्झौता

कुमारी बैंक लिमिटेडले टाटाका विद्युतीय सवारीसाधन खरिद गर्नका लागि कर्जा दिने भएको छ ।

कर्जा लगानीसम्बन्धी सम्झौतामा टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र बैंकबीच सम्झौता भएको हो ।

पछिल्लो समय विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको र सोहीअनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरूबाट सहज रूपमा विद्युतीय सवारीसाधन कर्जा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले टाटा मोटर्सको विद्युतीय सवारीसाधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको आठ वर्षसम्म अवधि रहेको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने जनाइएको छ ।

बैंकले हाल देशभरमा तीन सय चार शाखा, दुई सय ९४ एटिएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *