सगरमाथा इन्स्योरेन्स कम्पनीको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा लैनचौर वेंक्वेटमा सम्पन्न भयो।
कम्पनीले आर्थिक वर्ष ०७७/ ०७८ को तुलनामा आर्थिक वर्ष ०७८/ ७९मा १८.७६ प्रतिशतले व्यवसाय वृद्धि गर्दै तीन अर्ब १० करोडबराबर बिमा शुल्क आर्जन गरी एनएफआरएस अनुसार रु. ३७ करोड ८ लाख ८० हजार खुद मुनाफा आर्जन गरेको जनाएको छ।
कम्पनीका अनुसार उक्त साधारणसभाबाट हाल कायम रहेको चुक्ता पुँजीको १२.४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर समायोजनार्थ ०.६५२६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।
Post Views: 88