नेपाल अटोमोवाइल्स एसोसोएसन (नासा नेपाल) का कार्टस ड्राइभर (एथ्लेट) हरुलाई लाइसेन्स (प्रमाण–पत्र) वितरण गरिएकाे जनाइएको छ ।
नोविस , नेशनल र इन्टरनेसनल गरि ३ तहमा वर्गीकरण गरिएको कार्टस लाइसेन्सको लागि ६२ जना खेलाडी योग्य भएकोमा पहिलो चरणमा सम्पूर्ण प्रक्रिया पुरा गरि १६ जनाले सो लाइसेन्स प्राप्त गरेका छन् ।
स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहभागिता, अरीन्टेसन, प्रयोगात्मक परिक्षा तथा प्रतियोगितामा समावेश भएका ड्राइभर मध्येवाट परिक्षामा उतिर्णलाइ लाइसेन्स प्रदान गरिन्छ ।
अन्तराष्ट्रिय अटोमोवाइलस फेडेरसन (एफआइए) का वर्ल्ड काउन्सिल सदस्य गोविन्द भट्टराई तथा नासा नेपालका कार्यसमिति सदस्य विनोद तन्डुकारले सातदोबाटोस्थित कार्यलयमा उक्त लाइसेन्स प्रदान गर्नु भएको थियो ।
पहिलो चरण लाइसेन्स प्राप्त गर्नेहरुमा मन्चन तिवारी, सरोज श्रेष्ठ, सुष्मा नेपाल, कुशल भण्डारी, अंकित भण्डारी, अविना सुबेदी, अजिता गोदार, करुणा श्रेष्ठ, कोर्निवा महर्जन, प्रशंषा सिग्देल, प्रेरिका मल्ल, संचिता दाहाल, संस्कृति गिरि, सुजाता शर्मा र सुजिता महर्जन रहेका छन ।
छनोट भएका बाकीलाइ समेत प्रकृया पुरागरी प्राप्त गर्ने सकीने छ ।
स्मरण रहोस नासा नेपाल कमीसन इन्टरनेशनल डे कार्टीङ्ख (CIK-FIA) को समेत नेपालको लागी समेत आदीकारीक फेडेरेसन हो ।