महिन्द्रा केयर फेस्ट २०२३ आयोजना हुँदै

महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कश प्रा. लि. ले यही फाल्गुन १४ गतेदेखि फाल्गुन १९ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ ।

यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज​, फ्रि हेल्थ चेकअप​, लुब्रिकेन्ट्समा १०% छुट र स्पेयर पार्टसमा ५०% सम्म छुट तथा एक्सेसरीजमा २५% सम्म छुटको लाभ लिन सकिनेछ ।

महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा ग​ई यस केयर फेस्टमा सहभागी हुन सक्नुहुनेछ ।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ ।

साथै ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा ली ले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ साथै महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएका छ।

यो सेवा काठमाडौँ, भैरहवा र इटहरीमा, उपलब्ध छ ।

साथै, ग्राहकहरुले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १६६००–१००–२०० (नेपाल टेलिकम​) र ९८०१५७१२१२ (एनसेल​) मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *