यामाहा मोटरसाइकल तथा स्कुटरको पूर्वी चितवनका लागि आधिकारिक बिक्रेता कालिका मोटरसाइकल पार्टसले एक कार्यक्रम गरी रु. २५ लाख नगद जम्मा भएकोमा खुशीयाली मनाएका छन् ।
कालिका मोटरसाइकल पार्टसका प्रबन्ध निर्देशक उत्तम अधिकारीले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा विशेष धन्यवाद दिदैं हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
हाँमीले प्रत्येक मोटरसाइकल स्कुटरको बिक्रीबाट रु.५००/- (पाँच सय) छुट्टयाई गरिब, टुहुरा तथा जेहेन्दार विद्यार्थी भाइबहिनीहरूको लागि पठनपाठन गराउने उद्देश्यले स्थापित गरिएको कालिका यामाहा कोषमा रू. २५ लाख जम्मा गर्न सफल भएको जानकारी दिनुभयो ।
यो एक उदाहरणिय कार्य हो, यस्तो कार्यको सबैंले खुलेर प्रशंसा गरौं ।