अटोमोबाइल व्यवसाय अझै सुधार हुन नसकेको : नाडा अध्यक्ष ध्रुव थापा

नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले ईतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताएका छन ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४६ औं वार्षिक साधारण सभामा थापाले उक्त कुरा बताएका हुन् ।

थापाले यस्तो स्थिति हुनुमा विभिन्न कारणहरु जिम्मेवार रहेको उनको धारणा छ ।

थापाले सरकारको बुझाईमा अझै पनि अटोमोबाइल क्षेत्र विलासिताको क्षेत्र हुने गरेकोे भए पनि पछिल्ला बर्षहरुमा नेपालमा नै सवारी साधनहरुको एसेम्बलिङ उद्योग खोल्ने कार्यको समेत शुरुवात भईसकेको, ब्याट्री र टायरत्यूव लगायतका सामानहरु नेपाल मै उत्पादन भईरहेको बताउदै अटोमोवाइल स्पेयर पार्टस र एसेसरिजहरु उत्पादनको राम्रो सम्भावना रहेको स्मरण गराए ।

राज्यले दीर्घकालीन नीति ल्याउन सकेको खण्डमा छिमेकी ठूला मुलुकहरु भारत र चीनमा हाम्रो लागि उत्पादित सामान वजारीकरणको लागि नयाँ बजार बन्न सक्ने उल्लेख गर्दै यस क्षेत्रबाट ठूलो मात्रामा राजस्व र रोजगारी पनि सिर्जना गर्न सकिने बताए ।

अध्यक्ष थापाका अनुसार अहिले अटोमोबाइल क्षेत्रमा झण्डै १ खर्ब बढी लगानी भइसकेको छ भने पारदर्र्शी रुपमा कर तिर्ने व्यवसाय पनि अटोमोवाइल नै रहेको बताए ।

अध्यक्ष थापाले नेपालमा औद्योगिक विकास र समृद्धिको लागि समेत यातायातको भुमिका महत्वपूर्ण हुने बताएका छन ।

कृषि, पर्यटन, जलविद्युत लगायतका प्राथमिकता प्राप्त क्षेत्रको विकासका लागि पनि यातायात क्षेत्रको गुणात्मक विकास अपरिहार्य रहने थापाको बुझाई छ ।

थापाले भारत लगायतका ठूला मुलुकको बाह्य लगानी ल्याउनको लागि व्यवस्थित सेज स्थापनाको माग समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *