नाडाद्वारा ट्राफिकलाई सहयोग

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पाँच थान हाइटेक एड्भान्स सिपियू तथा त्यससँग सम्बन्धित उपकरणहरू प्रदान गरेको छ ।

बिहीबार ट्राफिक प्रमुख मीरा चौधरीलाई राजधानीको सेन्ट्रल ट्राफिक मोनिटरिङका लागि उपकरणहरू हस्तान्तरण गरिएको नाडाले जनाएको छ ।

त्यसै क्रममा नाडाले सय थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ ।

सो अवसरमा नाडाका अध्यक्ष ध्रुव थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताए ।

साथै, नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगतदेखि नै सहयोग प्रदान गर्दै आएको र यसैलाई निरन्तरता दिएको बताए ।

ट्राफिक प्रमुख चौधरीले नाडाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमको सहयोग निरन्तर रूपमा प्राप्त भइरहने अपेक्षा राखेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *