नेपाली बजारमा पछिल्लो समय सबैं ब्राण्डहरुको बिक्री दिनप्रतिदिन घट्दैं जान थालेपछि हिरो मोटरसाइकल र स्कुटरको बिक्री पनि निकैं घटेको छ ।
हिरो मोटोकर्पले व्यवसाय विस्तारमा सुस्त रहेको भन्दै नेपाल जनरल मार्केटिङसँगको आधिकारिक बिक्रेता सम्बन्ध खारेज गरेको छ।
ज्योति समूहको स्याकार कम्पनी लिमिटेडले सन् १९८६ देखि हिरोहोण्डा ब्राण्डको मोटरसाइकलको आधिकारिक वितरकका रूपमा काम गर्दै आएको थियो।
सन् २०१० मा जब हिरो र होण्डा छुट्टिएपछि ज्योति समूहमा पनि समस्या सुरु भयो।
ज्योति भवनमा दायाँ होण्डा र बायाँ हिरोको शोरुम खडा भयो। कर्मचारी छुट्याइए, मेकानिक छुट्याइए, वेयरहाउस छुट्टियो, प्रोक्योरमेन्ट छुट्टाछुट्टै हुन थाल्यो।
स्याकार कम्पनीले होण्डाको वितरण गर्ने, अनि नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम) ले हिरो ब्राण्डको बिक्रीवितरण गर्ने निर्णय भयो।
यसरी एकै परिवार भित्रको व्यापार दुई भागमा बाँडियो।
कुनै बेला एउटै ब्राण्डका लागि काम गरिरहेका दाजुभाई अब प्रतिस्पर्धीका रूपमा दुई छुट्टाछुट्टै ब्राण्डको बजार विस्तारमा लागे। त्यही बेलामा पनि हिरो मोटोकर्पले विकल्प खोजेको थियो।
र, केही व्यापारिक घरानाले हिरोको बिक्रेता लिन खोजेका थिए। तर, अटोमोबाइल क्षेत्रका ठूला व्यवसायिक घरानाको साथकै कारण हिरोले एनजीएमलाई नै निरन्तरता दियो।
हिरोले केही समयअघि एनजीएमलाई पत्र पठाउँदै थप व्यवसायिक सम्बन्ध अघि बढाउन नसक्ने जानकारी दिएको हो।
योसँगै हिरो र ज्योति समूह अन्तर्गतको एनजीएमसँगको झण्डै ३५ वर्षदेखिको व्यवसायिक सम्बन्ध टुंगिएको छ।