नेपालका ठूला व्यवसायिक घरानाले हिरोको आधिकारिक बिक्रेता लिन प्रतिस्पर्धामा छन् ।
स्रोतका अनुसार टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ, हुण्डाई गाडीको बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल, मारुती सुजुकी बेच्दै आएको सीजी होल्डिङ, र फोर्ड गाडी बिक्री गर्दै आएको गो-फोर्डले बिक्रेता बन्न आवेदन दिएको छ ।
दुई महिना अघि नै यी कम्पनीले हिरोमा आवेदन दिएका हुन्। हिरोले अहिलेसम्म कुनै निर्णय भने गरेको छैन ।
स्रोतका अनुसार सबै कम्पनीले आफ्नो स्ट्रेन्थ र व्यवसायिक योजना पेस गरेका छन्। स्रोतका अनुसार कम्पनीले आन्तरिक मूल्यांकन गरिरहेको छ।
त्यही योजनाका आधारमा कम्पनीले नेपालमा आधिकारिक बिक्रेता तोक्नेछ।