नाडाको सहयोग ट्राफिक प्रहरीलाई

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ ।

नाडाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बुधबार ट्राफिक व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको हो ।

सामग्री नाडाका अध्यक्ष ध्रुवबहादुर थापा तथा अन्य पदाधिकारीलगायत कार्यसमिति सदस्यको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख  मिरा चौधरीलाई हस्तान्तरण गरिएको नाडाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *