Skip to content
यातायात व्यवस्था विभागले बनाएको कार्यविधि अनुसार उकालो र ओरालोबाहेक अंक घटबढ हुन्छ तर, उकालो र ओरालो कटाउनैपर्छ ।
विभागको कार्यविधिअनुसार घुमाउरो आठलाई २० अंकभार दिइएको छ । आठमा एकपटकसम्म रेखा छोए वा खुट्टाले एकपटकसम्म टेकेमा २० अंकमध्येको १० अंक घट्नेछ ।
तर, एकपटक खुट्टाले टेक्दैमा वा रेखामा छुँदैमा बाहिरिनुपर्दैन ।
तर, आठमा एकपटकभन्दा बढी खुट्टाले टेकेमा वा छोएमा, सवारीको स्टार्ट बन्द भएमा, विपरीत दिशाबाट आठ घुम्न खोजेमा भने स्वतः फेल भएको मानिनेछ ।
त्यस्तै, टर्न इन्डिकेटरमा १५, ट्राफिक लाइट १५, साँघुरो फलेकमा १५, स्पिड ब्रेकर–उबडखाबडमा १५ र उकालो–ओरालोमा २० अंकभार दिइएको छ ।
यी सबैमध्येबाट कुल ७० अंकभार ल्याएमा ट्रायल पास भएको मानिनेछ । तर, उकालो–ओरालोमा गल्ती गरे सीधै फेल भएको घोषणा गरिन्छ ।
Post Views: 87