यो गाडीमा तिलिचोसम्म पुगे

– दुर्गालक्ष्मी रंजितकार, बनेपा

 

नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल क्षेत्रकै इतिहासमा लोकप्रिय मोटर स्पार्टस कार्यक्रम पावर टू पावर स्टेरिङ धुलिखेलको हिमालयन मोटरल्याण्डमा सम्पन्न भएको छ ।

काभ्रेमा पहिलोपटक नासा वूमन कमिसनले नासा फोर ह्विल्लर टिमसंगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा भाग लिन पाउँदा निकै खुशी लाग्यो ।

आगामी दिनहरुमा हुने यस्ता कार्यक्रमहरुमा भाग लिने कोशिश गर्दछु । यस्ता कार्यक्रमले हामीहरुलाई थप उर्जा र हौसला मिल्नुका साथै छुट्टै पहिचान दिलाउँछ ।

काभ्रे बनेपामा बिगत ५ वर्षदेखि नै महिन्द्रा थार गाडी चलाउँदै आएकी छु ।

नेवार परिवारमा हुर्केपनि परिवारको राम्रो सहयोगको कारण देशको विभिन्न रमणिय स्थानहरुमा आफैले गाडी चलाएर घुम्ने मौका पाएकी छु ।

मेरो परिवारमा दुई भाईहरुको प्रेरणाले गर्दा मलाई निकै सजिलो भएको छ ।

आफ्नै व्यवसाय भएको कारणले गर्दा म गाउँ – गाउँसम्म अफरोड जानुपर्ने हुँदा आफै गाडी चलाएर जाने गर्दछु ।

ड्राइभिङ्ग मेरो शांैख हो भने मलाई अधिकांश समय यात्रा गर्न मनपर्छ, यात्रागर्दा प्राविधिक समस्या आउने हुदाँ यसबारे पनि जानकार नै छु ।

म पहिला पल्सर १५० चलाउँथे, भने हाल बुलेट बाइक समेत चलाउँछु ।

तर अहिले धुवाँ – धुलोको कारण प्राय: महिन्द्रा थारमा नै बढि यात्रा गर्छु भने समय – समयमा निशान नभारा पिकअप पनि चलाउँछु ।

काभ्रेमा महिन्द्रा थारको सर्भिसको कुरा गर्नुपर्दा बनेपामा सबै काम हुन्छ, सुविधाहरु सबै राम्रो नै पाएको छु भने अब नयाँ थार लिने पर्खाइमा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *