पावर टू पावर स्टेरिङ हिमालयन मोटरल्याण्डमा सम्पन्न

नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल क्षेत्रकै इतिहासमा लोकप्रिय मोटर स्पार्टस कार्यक्रम पावर टू पावर स्टेरिङ धुलिखेलको हिमालयन मोटरल्याण्डमा सम्पन्न भएको छ ।
Women Empowerment through Motoring थीममा भएको सो कार्यक्रम विश्वमा लोकप्रिय हुदै गएको अटो जिमखानाको रुपमा भएको थियो ।

अटो जिमखानाको विजेता वर्षा बस्नेत, फष्ट रनर अफ राज्यलक्ष्मी शाक्य र सेकेण्ड रनर अफ ट्विंकल न्याँछ्यौं भएकी छिन ।

नासा नेपालका तालीम प्राप्त टिम क्याप्तेन अनिल बराल तथा अन्य मार्सलहरुको ब्यवस्थापनमा भएको यस कार्यक्रममा सहभागीहरुले मुलत Adventure, Thrill & Tourisms को कम्विनेसन पाउनुका साथैं आगामी दिनमा सडक सुरक्षाको संदेश प्रवाह गर्ने आयोजकको विश्वास छ ।

यस इभेन्ट रोमान्चकता र महिला सशतिकरण तथा सोसियल नेटवर्किङ्ग समेत यसमा जोडिएको हुनेछ ।

पावर स्टेरिंगमा महिला हँुदा गाडीको सुरक्षा र नेतृत्वको सफलता मूल थिम रहेको यसमा १२ वटा टिम सहभागी भएको र सो कार्यक्रमले नेपाली पर्यटन उद्यमको लागी समेत नयाँ आयाम थप्ने छ ।

नासा वूमन कमिसनले नासा फोर ह्विल्लर टिमसंगको सहकार्यमा आयोजना भएको सो इभेन्टमा विजयीहरुलाई शिल्ड र सर्टिफिकेटका साथै अन्तराष्ट्रिय सहभागीताको अवसर दिइने सञ्जु बज्राचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *