फक्सवागनको एक्सचेन्ज अफर

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले ‘स्विच टु प्रिमियम कार कल्चर’ नामक एक्सचेन्ज योजना लागु गरेको छ ।

पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि कम्पनीले देशव्यापी रूपमा एक्सचेन्ज अफर शुरू गरेको हो ।

आफ्नो पुरानो गाडी साटेर नयाँ फक्सवागनको गाडी खरिद गर्ने ग्राहकहरुले पुरानो गाडीमा बजारमा पाउने मूल्यांकन भन्दा राम्रो मूल्यांकन दिईने कम्पनिको दाबी छ ।

यसका साथै, योजना अवधिभर ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् ।

साथै निशुल्क एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै ३ जना भाग्यसाली ग्राहकले लक्जरी रिसोर्टको स्टेकेशन पनि जित्न सक्नेछन् ।

हाल नेपालमा फक्सवागनका पोलो, टाइगुन, अलस्पेस र ट्वारेग लगायत गाडीहरु उपलब्ध छन् ।

यी गाडीमा १ वर्ष वा १५,००० किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय र खर्च वचत गराउन मद्धत गर्ने कम्पनीको भनाई छ ।

यसको साथै २ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टि र प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउँदै आएको छ ।

पूजा इन्टरनेशनल नेपालले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्री र वितरण गर्दै आएको छ ।

आधुनिक डिजाइन, आराम र विलासिताको साथै सुरक्षा मापदण्डका हिसाबले उत्कृष्ट भएका कारण नेपालमा बिक्री वितरण सुरू भएदेखि नै फक्सवागन नेपाली कार पारखीहरूका बीचमा निकै लोकप्रिय ब्रान्डको रूपमा स्थापित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *