देशमै उत्पादित विद्युत्बाट चल्ने बिवाइडीको गाडीमा

कलाकार हरिवंश आचार्यले विद्युतीय एसयुभी ‘बिवाइडी एटो–३’ खरिद गरेका छन् ।

उनी बिवाइडी एटो–३ को ब्रान्ड एम्बासडर पनि हुन् ।

गाडी डेलिभरी लिएपछि उनले फेसबुकमा ‘आजबाट म पनि देशमै उत्पादित विद्युत्बाट चल्ने बिवाइडीको बिजुली गाडीमा’ भन्ने स्टाटस लेखेर फोटोसहित पोस्ट गरेका छन् ।

‘बिवाइडी एटो–३ मेरो कारका रूपमा पाउँदा अत्यन्तै खुसी छु,’ आचार्यले भने, ‘मलाई विश्वास छ, यो कारले मलाई उत्कृष्ट ड्राइभिङ अनुभव मात्र दिनेछैन, पर्यावरण जोगाउन पनि उत्तिकै महत्वपूर्ण योगदान दिनेछ ।’ ब्याट्रीबाट चल्ने हुँदा विद्युतीय कार वातावरणमैत्री हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *