होन्डामा दुई आकर्षक योजना

होन्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले आफ्ना बाइकहरू होन्डा साइन र होन्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।

योजनाअनुसार ग्राहकले अर्डर गरेको होन्डा साइनको कुनै पनि पार्टस् ९९ घन्टाभित्र पाउनेछन् ।

यदि उक्त समयभित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने कम्पनीले जनाएको छ ।

यो छिटो सर्भिसको ग्यारेन्टीसहित लागतमा सुविधाको वैकल्पिक अफरका रूपमा रहेको छ ।

होन्डा ग्राजियाको योजनामा, नयाँ होन्डा ग्राजिया खरिद गर्ने ग्राहकले एक रुपैयाँमा तीन वर्षका लागि सर्भिसिङ र स्पेयर पार्टस्को लाभ लिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *