बुटवल – भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सम्पन्न

वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवं प्रवद्र्धन गर्ने लक्ष्य सहित नेपालको लागि टाटा मोटर्स्को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्स्को सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट २०२३” प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सफलतापूर्वक सम्पन्न गरिएको छ ।
नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवं उत्साहजनक सहभागिता रहेको थियो ।


बुटवल–भैरहवा सडकमा ३९७ किमीसम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौँको सलिम श्रेष्ठको ३४७ किमी रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाटआवर निकाल्न सफल भई प्रथम भए ।

३८७ किमी रेन्ज निकालेर गोपाल शर्मा दोश्रो हुन सफल भए । त्यसैगरी ३७८ किमी रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो भए ।

कार्यक्रममा सहभागीमध्ये २२ जनाले ३०० किमी रेन्जभन्दा बढी निकाल्न सक्नु भएको थियो ।

यसै कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले इभीलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवं प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसुंग स्मार्ट एलईडि टिभी जित्नु भएको छ ।

त्यसैगरी दोश्रो स्थानमा रहनु भएको गोपाल शर्माले सामसुंग ओभेन जित्नुभएको छ ।

तेश्रो स्थानमा रहने सुवोध भट्टराईले एयर फ्रायर जित्नुभएको छ ।
विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवं आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रति ग्राहकवर्गको दुबिधा लाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्तजंग सिजापतीले जानकारी गराउनु भयो ।

सिप्रदी ट्रेडिङ पत्थर डाँडाबाट समुद्घाटन गरिएको कार्यक्रम भैरहवा स्थित बुद्धचोक, देवकोटा चोक, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल हूदैै बुटवल बजार परिव्रmमा गरी सिदार्थ कटेजमा पुगेर समापन गरिएको थियो ।

उक्त कार्यक्रममा४० भन्दा बढी नेक्सन ईभीहरुको सहभागिता रह्यो ।

इभीको उपयोग गरिदिनुहुने ग्राहकवर्गबाट मिलेको बहुपक्षिय अप्रत्यक्ष योगदानको कदर स्वरुप कार्यक्रम मार्फत उहाँहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको टाटा मोटर्सका लागि सिप्रदीका तर्फबाट ग्राहक सेवा प्रमुख कुमार भण्डारीले जानकारी गराउनु भयो ।

हाल नेपालमा पनि विद्युतिय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ ।

नेपाली बजारमा टाटा नेक्सन इभी ग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो ।

नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरुको सुविधाको लागि अरु मोडलका एसयुभी तथा सेडान गाडीहरूलाई समेत इभीमा ल्याउने तयारी भइरहेको जानकारी समेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *