एरोक्समा आधारित औगुर मोडललाई यामाहाले ताइवानमा लन्च गरेको हो । यो नयाँ स्कुटरमा एरोक्स १५५ को प्लेटफर्म शेयर गरिएको छ । स्कुटरको लुक्स र फिचर भने एरोक्सको तुलनामा भिन्न रहेको छ ।
एरोक्सकै पावरट्रेन प्रयोग भएको कारण नयाँ स्कुटरले पनि १५ एचपी पावर र १३.९ एनएम टर्क जेनेरेट गर्ने आँकलन गरिएको छ । यद्यपी यसको पवार र पर्फमेन्सको विषयमा भने यामाहा ताइवानले कुनै जानकारी वाहिर ल्याएको छैन ।
यो नयाँ स्कुटरको तौल एरोक्सभन्दा ६ किलोले वढी छ भने ६.१ लिटरको ठूलो फ्युल ट्यांक दिइएको छ । जवकी एरोक्समा ५.५ लिटरको मात्रै फ्यूल ट्यांक रहेको छ ।
फिचरको मामलमा भने औगुर एरोक्सको तुलनामा निकै अगाडी रहेको जनाइएको छ ।
औगुरमा कावासाकी एच२ सुपरवाइकको जस्तै देखिने सेन्ट्रल एलइडी हेडल्याम्प दिइएको छ । साथै यसमा ४.३ इन्चको टिएफटी डिस्प्ले, व्लुतुथ कनेक्टिभिटी र किलेस इन्ट्रि सिस्टम उपलब्ध छ ।
सुरक्षित स्कुटरको पहिचान कायम गर्न यसमा ट्रयाक्सन कन्ट्रोल, एविएस र दुवै चक्कामा डिस्क व्रेक जडान गरिएको छ ।