सबैले सधैं नयाँ सवारीसाधन नै खरिद गर्छन भन्ने हुँदैन ।
रकमको अभावले वा पुनः बिक्रि गर्दा खासै धेरै रकम घाटा नहोला भनेर पनि कतिपय व्यक्तिले पुरानो सवारीसाधनको खरिद गर्दछन् ।
पुरानो सवारीसाधन खरिद मात्र होइन, बिक्रि गर्नुपर्ने वाध्यता पनि हुन्छ कतिपयलाई ।
त्यसको लागि विश्वासिलो र भरपर्दो व्यावसायिक प्रतिष्ठानको खोजी उनीहरुको प्राथमिकतामा पर्दछ ।
खरिद र बिक्री दुबै कारोवार गर्ने व्यवसायी त बजारमा अरु पनि हुन्छन् ।
तर कुनै एउटा निश्चित विश्वासिलो ब्राण्डको कारोवार गर्ने पाउन भने कहिलेकाहिँ कठिन हुन सक्छ ।
त्यसैको समाधानको लागि महिन्द्रा ब्राण्डको सवारीसाधनको खरिद तथा बिक्रिको कारोवार गर्ने गरी खुलेको छ, अग्नि आस्था ।
अग्नि आस्थाले महिन्द्रा ब्राण्डका विभिन्न सवारीसाधनको खरिद तथा बिक्रिको कारोवार गर्दछ ।
ललितपुरको एकान्तकुनाबाट आफ्नो कारोवार शुरु गरेको अग्नि आस्थाले आजको मितिसम्म आइपुग्दा नेपालभरी करिब ५ वटा शहरमा कारोवार फैलाइसकेको छ ।
उपत्यका बाहिर पोखरा, चितवन, भैरहवा र इटहरीमा पनि शाखा कार्यालय खोलेर कारोवार गरिरहेको छ ।
पुराना सवारीसाधन भएर पनि कम्पनीले बिक्रि पछिको सेवालाई विशेष प्राथमिकता दिएको कम्पनीका प्रवन्धक अनिल पोख्रेलले बताए ।
प्रवन्धक पोख्रेलका अनुसार पुराना सवारीसाधन खरिदमा पनि वारेन्टी र फ्रि सर्भिसको व्यवस्था गरिएको छ । पुराना सवारीसाधन खरिद गर्दाताका नै त्यसको करिब २ सय पोइन्टमा इन्स्पेक्सन गरिने उनले बताए ।
साथै खरिदबिक्रि दुबै कार्यपश्चात गर्नुपर्ने नामसारीको कार्यलाई पनि निक्कै सहज तरिकाले व्यवस्थापन गरिने उनले जानकारी दिए ।
अग्निआस्थाको कुनै एक कार्यालयबाट खरिद गरेको भएता पनि बिक्रि पछिको सेवा लिन जुनसुकै कार्यालयबाट समान तवरले लिन सकिने प्रवन्धक पोख्रेलले बताए ।
महिन्द्रा ब्राण्ड भारतको उत्कृष्ट ब्राण्डमध्येको एक भएकाले पनि नेपालमा महिन्द्राको राम्रो बजार रहिआएको छ ।
महिन्द्राका नयाँ सवारीसाधन खरिद गर्नका लागि त पहिले देखि नै थुप्रै डिलर नेटवर्क छदैंछ, तर महिन्द्राका पुराना सवारीसाधन खरिद गर्न भने केहि सकस नै थियो ।
तर अब अग्निआस्थाको स्थापना र सँचालन पछि भने सहज भएको पाइएको छ ।
Post Views: 105