जिमिनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक कारको विक्री केही दिनपछि शुरु हुने भएको छ ।
यसको पहिलो लट चीनबाट नेपाल हिँडिसकेको र २ हप्तापछि नेपाल आउने कम्पनीका महाप्रवन्धक शुवास शर्माले ईअटो नेपाललाई बताए ।
नेपाल आएपछि परिक्षण हुने र लगत्तै विक्री शुरु गर्ने तयारीमा आफूहरु रहेको शर्माको भनाई छ । पहिलो लटमा १० युनिट कार नेपाल ल्याउन लागिएको हो । यो सिटी कारको २ महिना अघिबाटै वुकिङ खुल्ला गरिएको थियो ।
यो सानो इलेक्ट्रिक कारमा २३ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्याक जडान गरिएको छ भने मोटरको क्षमता १५ किलोवाट रहेको छ ।
यो कारलाई एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
सोलार रुफ भएको यो कारले ३० प्रतिशत अतिरिक्त रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ ।
सानो साइजको व्याट्री र कम क्षमताको मोटर जडान गरिएका कारण यसलाई ग्राहकले घरमै उपलब्ध सामान्य प्लगको साहयतामा चार्ज गर्न सक्नेछन् । व्याट्रीलाई फुल चार्ज गर्न ४ देखी ५ घन्टासम्म लाग्ने वताइएको छ ।