अशोक लेल्याण्डको सेवा २४ सैं घण्टा

अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक बिक्रेता आइएमई मोटर्सको नयाँ सर्भिस सेन्टर नयाँ व्यवस्थापनसहित पोखरामा सञ्चालनमा आउन लागेको छ ।

पोखरा-५ पर्स्याङमा पिके ट्रेडिङ प्रालि अशोक लेल्याण्डको आधिकारिक सर्भिस सेन्टर बनेको छ ।

यस अगाडि पोखराको चाउथेमा सर्भिस सेन्टर रहँदै आएकोमा अबदेखि सम्पूर्ण सेवा नयाँ व्यवस्थापनसहित पर्स्याङमा सरेको प्रालिका प्रवन्ध सञ्चालक प्रतीक सुवेदीले जानकारी दिए ।

अशोक लेल्याण्डको टुएस (स्पेयर र सर्भिस) सर्भिस सेन्टर स्थापना गरिएको हो । सर्भिस सेन्टरको औपचारिक उद्घाटन (January 1st week) मा उद्घाटन गर्ने कार्यक्रम छ ।

‘२ रोपनी भन्दा बढी जग्गामा सर्भिस सेन्टर स्थापना गरिएको छ,’ सुवेदीले भने । बिक्री पछिको सेवालाई अझै प्रभावकारी बनाउन र ग्राहकमैत्री सेवा प्रदान गर्न सर्भिस सेन्टरबाट थप योगदान पुग्ने कम्पनीले विश्वास लिएको छ ।

अशोक लेल्याण्डको सर्भिस सेन्टरबाट २४ सैं घण्टा सेवा उपलब्ध हुने सुवेदीले जानकारी दिए ।

त्यसैगरी अशोक लेल्याण्डको शोरुम पनि पोखरा ५ पर्स्याङमा सिघ्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *