नाडाको प्रदेश एशोसिएशन श्री सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले पनि धनगढीमा मुख्य मन्त्रीको कार्यालय अगाडी शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको थियो ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत त्यस एशोसिएशनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो ।
यातायात व्यवसायीले सरकार विरुद्ध विभिन्न नारा लेखिएको प्लेकार्ड तथा कालो ब्यानरमा आन्दोलन गरिएको थियो ।
राष्ट्र बैंकको नितिका कारण अटो मोबाईल व्यवसाय अत्यन्त नाजुक अवस्थामा पुगेको कारण नाडाले उक्त धर्ना कार्यक्रम आयोजना गरेको हो ।
सवारी-साधनलाई बिलासिताको रुपमा लिएको कारण आयात प्रतिबन्ध गरे सँगै व्यवसायीहरु मारमा परेका हुन् ।
यातायात व्यवसायीले देशका विभिन्न शहरमा एकैै साथ आन्दोलन गरेको छ । सरकारले बेलैमा यातायात व्यवसायीको माग पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।