विभागले योबाहेक सातदोबाटो र एकान्तकुनामा पनि फ्लाई ओभर बनाउने प्रक्रिया अघि बढाएको छ ।
त्यसको सम्भाव्यता अध्ययनसमेत सम्पन्न भइसकेको छ । तर, निर्माण सुरु गर्ने विषय भने अझै टुंगो नलागेको विभागका निर्देशक नवीनमान श्रेष्ठले बताए ।
विभागले बहुवर्षीय आयोजनाअन्तर्गत उक्त फ्लाई ओभरहरू बनाउन राष्ट्रिय योजना आयोग र रकम सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको छ । तर, हालसम्म त्यसको कुनै प्रतिक्रिया नआएको श्रेष्ठको भनाइ छ ।
कहिले बनिसक्छ फ्लाई ओभर ?
विभागले निर्माण कम्पनीसँग दुई वर्षको अवधिसहित ठेक्का सम्झौता गरेको छ ।
त्यसमा डिजाइन बनाउन नौ महिना समय लागेको छ । १४ महिनाको समय तोकेर ट्राफिक कार्यालयमा पत्र पठाएको छ ।