गुणस्तरीय उत्पादन र सेवा हाम्रो विशेषता

– मनिस बन्सल

प्रबन्ध निर्देशक, इजिगो इलेक्टिक साइकल

 

पछिल्लो समय नेपालमा पनि विद्युतीय साइकलको प्रयोग बढिरहेको छ ।

यसै शिलशिलामा नेपालको बिराटनगरमा पनि विद्युतीय साइकल उत्पादन गर्ने कम्पनी खुलेको छ ।

करिब २ बर्ष पहिलेदेखि विभिन्न अनुसन्धान र परीक्षण पश्चात इजिगो ब्राण्ड नामबाट उत्पादन थालेको सो कम्पनीले जनाएको छ ।

अहिले नेपालमा कमसल गुणस्तरका विद्युतीय साइकल तथा स्कुटर पनि आएकाले ग्राहकहरु त्यसमा सचेत हुनुपर्ने कम्पनीका प्रबन्ध निर्देशक मनिस बन्सलको धारणा छ ।

गुणस्तरको ख्याल नगर्ने र बिक्रि पछि ग्राहकलाई दिनुपर्ने सेवा दिन नसक्ने व्यवसायी तथा ब्राण्डले गर्दा समग्र पेशाप्रति नै गलत धारणा विकसित हुन सक्नेमा स्वयं व्यवसायी पनि सचेत हुनुपर्ने उनको राय छ ।

आजभन्दा करिब १० बर्ष जति पहिला पनि जसरी गुणस्तरहिन विद्युतीय सवारीसाधनहरु चीनबाट आयात भएर पछि सबैजसो बिलय हुनपुगे, त्यसैगरी अहिलेको बजारको ट्रेण्ड हेर्दा पनि धेरै कम्पनी तथा ब्राण्डहरु केहि बर्ष भित्र फिल्टर हुने उनको अनुमान छ ।

उनको कम्पनीको नीति अनुसार बिक्रि पछिको उत्कृष्ट सेवा दिन सक्ने व्यवसायीलाइ मात्र आफ्नो कम्पनीको डिलर दिइनेछ । जसले गर्दा पनि बजारमा विस्तारै मुभ गरिरहेको उनको भनाइ छ ।

हाल कम्पनीले बिराटनगर लगायत तराइका केही शहरहरुमा डिलर मार्फत विभिन्न मोडेलका विद्युतीय साइकलहरु बिक्रि वितरण गरिरहेको निर्देशक बन्सलले इअटोनेपाललाई बताए ।

हाल उनको कम्पनीले ६५ हजार रुपैयाँ देखि १ लाख ४५ हजार सम्मका विद्युतीय साइकलहरु बिक्रि गरिरहेको निर्देशक बन्सलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *