कार निर्माता कम्पनीहरूमा चिपको समस्या

सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी) ले देखाएको तथ्यांकले अक्टोबरमा बढे पनि यूकेमा कार उत्पादन अझै पनि महामारी अघि देखिएको स्तरभन्दा तल रहेको छ। सप्लाई चेनमा वास्तविक समस्या रहेको कम्पनीले जनाएको छ।

एसएमएमटीका अनुसार चिप अभावको समस्या समाधान गर्न ठूलो लगानी आवश्यक छ। विश्वका केही सरकारहरूले लगानी आकर्षित गर्न र नयाँ सेमिकन्डक्टर फेब्रिकेसन प्लान्टहरू निर्माण गर्न अरबौं पाउन्ड खर्च गरिरहेका छन्।

विश्व बजारमा भएको चिप अभावका कारण जगुआर ल्यान्ड रोभरले बेलायतका कारखानाहरूमा उत्पादन कटौती गर्ने भएको छ। कार निर्माता जेएलआरले चिप अभावले गर्दा बेलायतका दुई कारखानाहरूमा आगामी गृष्मसम्म उत्पादन घटाउने निर्णय गरेको जनाएको छ।

कम्पनीका अनुसार हाल नयाँ गाडीहरूको लागि कम्प्युटर चिपहरू पर्याप्त भैरहेका छैनन्। यो समस्याको समाधान कहिलेसम्म हुन्छ भन्ने नै अहिले केही भन्न नसकिने अवस्थामा रहेको कम्पनीले जनाएको छ।

यस कार्यले जगुआर एफ-पेस र ल्यान्ड रोभर डिस्कभरी स्पोर्ट जस्ता मोडेलहरूको उत्पादनलाई असर गर्ने अनुमान गरिएको छ। यस बीचमा कम्पनीले रेन्ज रोभर जस्ता थप लाभदायक मोडेलहरूमा ध्यान केन्द्रित हुने बताएको छ। हालका महिनाहरूमा यी मोडलका कारहरूको आउटपुट बढेको छ।

आधुनिक कारहरू एन्टी-लक ब्रेकिङ र शुन्य कार्बन उत्सर्जन नियन्त्रणदेखि लिएर स्याटेलाइट नेभिगेसन र इन-कार मनोरञ्जनसम्मका विभिन्न अनबोर्ड प्रणालीहरू नियन्त्रण गर्न कम्प्युटर चिपहरूमा धेरै निर्भर छन्।

तर कोभिड महामारीका कारण पूर्वी एसियाबाट आपूर्तिमा धेरै नै अवरोध भएको छ। कार निर्माताहरूले अन्य उद्योगहरूबाट उपलब्ध आपूर्तिहरूको लागि तीव्र प्रतिस्पर्धाको सामना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *